कोरोना कहरमा एनआरएनए अफ्रिकाको बलियो उपस्थिति, दर्जन बढी जिल्लामा अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना कहरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले आफ्नो बलियो उपस्थिति देखाएको छ । कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजन नपाएर नेपाली नागरिकले अकालमा मृत्युवरण गरिरहँदा एनआरएनए अफ्रिकामा बस्ने नेपालीहरुको महत्वपूर्ण योगदान रह्यो । विशेष गरि त्यहाँ रहेका गैर आवासीय नेपालीरुले दर्जन बढी जिल्लाहरुमा अक्सिजन सिलिण्डर सहयोग गर्न सफल भए ।

अफ्रिकामा एनआरएनए स्थापनामा महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको पूर्व आइसिसी कोषाध्यक्ष हिक्मत थापाको अगुवामा एनसिसीमार्फत रकम संकलन गरि सहयोग गरिएको हो । अन्य क्षेत्रभन्दा अफ्रिका क्षेत्रमा थोरै नेपाली भए पनि मातृभूमिप्रति त्यहाँका नेपालीहरुले जहिल्यै ठूलो हुदयका साथ सहयोगी हात फैलाउने गरेका छन् । यसअघि पनि अफ्रिकाले नेपालको विपत्तिमा महत्वपूर्ण सहयोग गर्दै आएको थियो ।

५० लाख १७ हजार बढीको सहयोग

एनआरएनए अफ्रिकाले कोरोनाको दोस्रो लहरमा नेपालमा कोरोना नियन्त्रणका लागि हालसम्म ५० लाख १७ हजार सहयोग गरेको छ । नेपालमा कोरोना उत्सर्ग अवस्थामा पुगेको बेला एनआरएनए अफ्रिकाले मात्रै ५० लाख १७ हजार सहयोग गरेको हो ।

अफ्रिकाका एनआरएन एनसीसीहरु, सदस्यहरु तथा दाताहरुबाट रकम संकलन गरी १७५ थान अक्सिजन सिलिन्डर र १ हजार ७० थान रिफिल सिलिन्डर सहयोग गरेको हो । यस्तै विभिन्न अस्पताललाई अन्य स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको  छ ।

एनआरएनए अफ्रिकाले नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत बारा, पर्सा, चितवन, इलाम, पुर्व नवलपरासी, पश्चिम नवलपरासी, गुल्मी, स्याङ्जा, पाल्पा, अछाम, कैलाली, मुगु र जुम्ला जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।

कहाँ कति सहयोग ?

१.परासी अस्पताललाई १५० थान सिलिन्डर (रिफिल) हस्तान्तरण

. कैलालीको टीकापुर अस्पताललाई २० थान अक्सिजन सिलिन्डर (सिलिन्डर सहित) सहयोग ।

३.चितवनको रत्ननगर अस्पताललाई २५ थान अक्सिजन सहितको सिलिन्डर (पुरै सिलिन्डर सहित) हस्तान्तरण ।

४. स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिकाको गह्रौ स्वास्थ्य चौकीलाई तीन वटा मेडिकल बेड हस्तान्तरण ।

५. देवचुली नगरपालिका , रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड उपचार कक्षलाई १० थान अक्सिजन सिलिण्डर (पुरै सिलिन्डर सहित) हस्तान्तरण ।

६. बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाका स्थित कोभिड आइसोलेसन र उपचार केन्द्रका लागि १७० थान अक्सिजन सिलिन्डर (रिफिल) र स्वास्थ सामाग्रीहरु हस्तान्तरण ।

७. अछामका मङ्गलसेन र बयालपाटा अस्पतालमा र कमलबजार र पन्चदेवल स्वास्थ्य केन्द्र गरि ५० थान अक्सिजन सिलिन्डर (सिलिन्डर सहित) हस्तान्तरण ।

८.पाल्पा जिल्ला अस्पताल र सबै पालिकाहरुलाई गरि ३५० सिलिण्डर (रिफिल) हस्तान्तरण ।

९. स्याङ्जा वालिङ्गको अस्पताललाई १०० थान अक्सिजन सिलिण्डर रिफिल सहयोग ।

१०. इलाम अस्पताललाई १०० थान अक्सिजन सिलिण्डर रिफिल सहयोग ।

११. गुल्मीको जोहाङ्ग स्वास्थ्य केन्द्रलाई ७ थान र वामीटक्सार स्वास्थ्य चौकीलाई ३ थान अक्सिजन सिलिन्डर (सिलिन्डर सहित) हस्तान्तरण ।

१२. कैलालीको जानकी गाउँ पालिका –९ मा स्वास्थ्य सामाग्री र औषधी सहयोग प्रदान ।

१३. कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लालाई ३० थान अक्सिजन सिलिन्डर ( सिलिन्डर सहित) सहयोग ।

१४. नवलपरासी जिल्लाको चिसापानी स्वास्थ्य चौकीलाई १०० थान र चौपत्ता स्वास्थ्य चौकीलाई १०० थान रिफिल अक्सिजिन सिलिन्डर हस्तान्तरण ।

१५. कर्णालीको मुगु जुम्ला अस्पताललाई दश थान अक्सिजन सिलिन्डर (खरिद सहित) सहयोग ।

१६. सुदुर पश्चिमको दुर्गम बाजुरा जिल्ला स्थित स्वास्थ्य केन्द्रलाई १० थान अक्सिजन सिलिन्डर (खरिद सहित) सहयोग ।

१७.पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई ६ थान अक्सिजन सिलिन्डरहरु र स्वास्थ्य सामाग्रीहरु सहयोग ।


प्रकाशित | १५ असार २०७८, मंगलवार १७:४६