विप्लवका किसान संघ अध्यक्ष टोपराज बस्याल पक्राउ

पाल्पा: बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ परेका छन । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १५:३३