उपप्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग (विज्ञप्तिसहित)

काठमाडौं । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरेको छ । नयाँ पार्टी, नेपालले शनिबार एक बिज्ञप्ति जारी गर्दै महतोको अभिब्यक्तीप्रति गम्भिर आपत्ति जनाउँदै देश निकाला गर्न माग गरेको हो ।

“महतोलाई २४ घन्टाभित्र उपप्रधान एवम् सहरी विकासमन्त्रीबाट निलम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानबिन गरी आवश्यक कारबाही गरी देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्दा लगाइ देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यदि सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता युवराज सफलद्वारी हस्ताक्षर विज्ञप्तिमा जनाएको छ । साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्दा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावनाविपरीत कदम रहेको पार्टीको ठहर छ ।


प्रकाशित | २२ जेष्ठ २०७८, शनिबार १७:४१