एमसीसीले गठबन्धन टुटेसँगै माधव-प्रचण्ड सडक छाप हुनेछन् : महेश बस्नेत

रुपन्देही – नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा सांसद महेश बस्नेतले एमसीसीले गर्दा गठबन्धन टुटेसँगै माधव प्रचण्ड सडक छाप हुने दावी गर्नु भएको छ ।  राष्ट्रिय युवा संघ नेपाल, सियारी गाउँपालिका रुपन्देहीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस, माओावदी, नेकपा एस, जसपा तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनलाई लक्षित गर्दै पाँचवटा लड्डु एकै पटक खाना खोज्दा अड्कीएर माधव नेपाल र प्रचण्ड सडकमा पच्छारिएको दावी गर्नुभयो ।

मुलुक अब एमालेको वरिपरिमात्र घुम्न सक्ने अवस्था बनेको उल्लेख गर्दै नेता बस्नेतले माधव तथा प्रचण्ड जस्ता सडे गलेका नेता तथा पार्टीलाई बोकेर निर्वाचन तथा सरकारमा नजाने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधव नेपालको जनताको माझमा अस्थित्व समाप्ती हुँदै गएको छ । पाँच वटा लड्डु एकै पटक खान खोज्दा अड्कीएर माधव र प्रचण्ड सडकमा पच्छारिएका छन् । एमसीसीले गर्दा गठबन्धन टुटेसँगै माधव प्रचण्ड सडक छाप हुनेछन् । प्रधानमन्त्री शेरबहादुर एक्लदै छन् । देउवाको अब दुई वटा विकल्प रहेको जसमा पहिलो विकल्प संसद विघटन गरी अर्ली एलेक्शन र दोस्रो एमालेसँग सत्ता सहकार्य । एमाले सडे गलेकाहरुलाई बोकेर सरकारमा जाँदैन । प्रचण्ड र माधव जस्ताको पार्टी सडेगलेका पार्टी बोकेर एमाले सरकारमा जाँदैन । प्रचण्ड त अब मुलुक र जनताको नजरमा निर्वाचनको समयमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना समेत हुने नसुहाउने बनेका छन् । त्यसैले अबको मुलुक नेकपा एमाले वरिपरि घुम्ने छ । जनता र मुलुकको लागि प्रीय पार्टी बननेछ ।’


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार १९:००