भक्तपुर: सूर्यविनायक नगरपालिकाले छैठौ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरि मनाइएको छ । नगरपालिकाले तीन दिनसम्म विविधि कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो ।
पहिलो दिन बिहीबार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरियो भने दोस्रो दिन शुक्रबार नगरपालिका र सो अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा सरसफाई कार्यक्रम गरि स्थापना दिवस मनाइएको छ ।
त्यस्तै, शनिबार सूर्यविनायक चोकदेखि बृहत् पदयात्रा नगरपालिकाको कार्यालय पुगेर शुभकामना आदान प्रदान गर्दै स्थापना दिवस सम्पन्न गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कँडेल, नगर प्रवक्ता रविन्द्र सापकोटा, सूचना अधिकारी अनीरुद्र नेपाललगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो ।
तस्विरमा हेर्नुहोस स्थापना दिवसका झलकहरु























प्रकाशित | २७ फाल्गुन २०७९, शनिबार २२:३०