स्पेनिस ला लिगा फुटबल: बार्सिलोना उपाधि नजिक

एजेन्सी:  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधिको नजिक पुगेको छ । आल्भेसलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधिको नजिक पुगेको हो । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कार्लेस एलिना र लुईस स्वारेजले गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा बार्साले ५४ औ मिनेटमा एरिनाको गोलबाट अग्रता लिएको थियो । ६० औ मिनेटमा पेनाल्टीमा स्वारेजले गोल गर्दै बार्साको जित सुनिश्चित गरे ।  बुधबार हुने खेलमा एट्लेटिको मड्रिड पराजित भएको खण्डमा बार्सिलोना लिग च्याम्पियन हुने निश्चित हुनेछ ।

बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसंग १२ अंकको अग्रता लिएको छ । लिगमा मात्र पाँच चरणको खेलमात्र बाँकी छ । बार्सा प्रशिक्षक इर्नेटो भाल्भर्डेले आगामी हप्ता हुने लेभान्तेविरुद्वको खेलमा मुख्य खेलाडीलाई आराम दिन सक्नेछन् । कारण बार्साले च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगको खेलमा लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ । सोही कारण आल्भेसविरुद्वको खेलमा उनले मुख्य स्टार लियोनल मेस्सीलाई आराम दिएका थिए ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०७:४७