एआईजी बढुवामा ५ डीआईजीको सिफारिस, एक नम्बरमा वसन्त बहादुर कुँवर

काठमाडौँ -नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी मा बढुवा सिफारिस भएका छन् । बढुवा हुने डीआईजीहरूको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर रहनु भएको छ ।

नेपाल प्रहरीमा अत्यन्त अनुशासित, बौद्धिकता, अदम्य साहस, इमान्दारिता, स्पष्‍ट भिजन भएका व्यवसायिक, साहसी र कुशल नेतृत्व क्षमता भएका कुँवर एसएसपीबाट डीआईजी बढुवामा सिफारिस हुदाँ पनि पहिलो नम्बरमा पर्नु भएको थियो ।

अन्य डीआईजीहरूमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस हुनुभएको छ।

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उहाँहरुको ठाउँमा बढुवा सिफारिस गरिएको हो ।

 


प्रकाशित | २६ फाल्गुन २०७९, शुक्रबार १७:५४