म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराउँदै लिभरपुलको कीर्तिमानी पुनरावृत्ति

ऐजेन्सी -लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई एनफिल्डमा ७-० ले हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि ऐतिहासिक जित निकालेको हो ।

कोडी गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले असाधारण प्रदर्शन गर्दै जुर्गेन क्लोपको तर्फबाट दुई(दुई गोल गरे भने रोबर्टो फर्मिनोले सातौं गोल थपेपछि युनाइटेडले घरेलु समर्थनको बीचमा लिभरपुलसामु आत्मसमर्पण गरे।

एरिक टेन ह्यागको पक्ष ११ खेल अपराजित रहेको थियो र छ वर्षको ट्रफी खडेरीको अन्त्यबाट ताजा भएको थियो तर दोस्रो हाफमा ६ गोललाई स्वीकार गर्दै पूर्ण रूपमा स्तब्ध बन्न पुग्यो ।

युनाइटेडले पहिलो हाफमा ब्रुनो फर्नान्डिस र मार्कस रासफोर्डले राम्रो ओपनिङ गर्ने मौका पाएको थियो तर दोस्रो हाफको सुरुमा नै लगातार दुई गोलले युनाइटेडलाई पराजीत बनायो। यो जितले लिभरपुललाई शीर्ष चारमा पुग्ने आशा पुनर्जीवित बनाएको छ ।

मोहम्मद सालाह रोबी फाउलरलाई पछि पार्दै लिभरपुलको प्रिमियर लिगको सर्वाधिक १२९ गोल गर्ने खेलाडी बने। उनी म्यानचेस्टर युनाइटेड विरुद्ध ११ अंकसहित लिभरपुलका सर्वाधिक गोलकर्ता पनि हुन् ।


प्रकाशित | २२ फाल्गुन २०७९, सोमबार ००:५६