लागू औषधसहित ६ जना पक्राउ

काठमाडौं: काठमाडौंको छाउनीबाट लागू औषधसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रतिग्राम १० हजार रुपैयाँमा बिक्री हुने मेथामफेटामाइन नामक लागू औषधसहित ६ जनालाई पक्राउ गरेको हो । हेर्दा सेतो (बरफजस्तो) देखिने यो लागू औषधलाई (आइस ड्रग्स) समेत भनिन्छ ।

छाउनीस्थित द फूड हेभन नामक क्याफेमा छापा मारेर प्रहरीले लागू औषधसहित  पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ थान मोबाइल तथा १ लाख ७७ हजार रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्याफेबाट करिब ७३४ ग्राम मेथामफेटामाइन ड्रग्स बरामद भएको छ । उक्त ड्रग्सको नेपाली बजारमूल्य ७३ लाख हुनआउने प्रहरीको भनाइ छ । ड्रग्सबारे प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १९:५७