एनआरएनए कोरियाले पायो नयाँ नेतृत्व, दिपक पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

सियोल । गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियामा दिपक पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । खुल्ला उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा भने दावी विरोध परेपछि तीन पद रद्ध भएको छ भने अन्य सबै पदमा निर्विरोध चयन भएको हो । निर्वाचन कमिटिका अनुसार आईसिसी सदस्यहरुमा डा. विमल सुवेदी र सोम बहादुर तामाङ निर्विरोध चयन हुन भएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीव कुमार राई, उपाध्यक्षमा मनोज गौतम, महिला उपाध्यक्ष सुभद्रा पालुंवा, सचिवमा श्री सत्याल, सह-कोषाध्यक्षमा सुनील कन्दंवा, युवा संयोजक अनीत थपलीया, महिला संयोजकमा सुजता बस्नेत चयन हुनु भएको हो ।

त्यस्तैगरि, सदस्यहरुमा डा. रोशन शर्मा पौडेल, रमेश थापा, सन्तोष खडका, गंगा खतिवडा, अमृता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल चयन हुनु भएको छ । 

 


प्रकाशित | ३० असार २०७८, बुधबार १०:५८