मिस वल्डमा सहभागि हुन मिस नेपाल अनुष्का बेलायत प्रस्थान, भोटको लागि सबैमा अपिल

काठमाडौं: बेलायतमा हुन गइरहेको मिस वल्र्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गर्नुभएको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अनुष्का आगामी डिसेम्बरमा हुन लागिरहेको मिस वल्र्डमा सहभागि हुन बेलायत प्रस्थान गर्नुभएको हो ।  

बेलायत प्रस्थान गर्नु अघि एयरपोर्टमा कुराकानी गर्नुहुँदै अनुष्काले मिस वल्ड प्रतियोगितामा भोट गरिदिन सबैमा अपिल गर्नुभएको छ । मिस वल्र्ड प्रतियोगिताको टप २० अर्थात मल्टीमिडिया अवार्ड जित्नको लागि धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भन्दै अनुष्काले सबैमा भोट गरिदिन आग्रह गर्नुभयो ।

यस पटक मिस वल्ड २०१९ को ताज पहिरिने गरि तयारी गरिरहनु भएको अनुष्कालाई बिदाई गर्न शुभेच्छुकहरुको ठूलो भिड रहेको थियो ।


प्रकाशित | ४ मंसिर २०७६, बुधबार १४:२४