एनआरएनए जापानले पायो पूर्णता, रिक्त ८ पदमा मनोनीत, प्रवक्तामा लामिछाने

टोकियो – गैर आवासिय नेपाली संघ जापानले पूर्णता पाएको छ । शिव प्रसाद पौडेल नेतृत्वमा रहेको एनसिसी जापानले पूर्णता पाएको हो ।

संघले रिक्त रहेका पदहरुमा ८ जनालाई मनोनित गर्दै कार्यसमितीलाई पूर्णता दिएको हो । टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले प्रवक्तामा सुवास लामिछानेलाई चयन गरेको छ ।

एनआरएनए जापानका महासचिव सिद्वार्थ श्रेष्ठका अनुसार बैठकले रिक्त सदस्यहरुमा मनोज श्रेष्ठ, कमल बास्तोला, सचिन आचार्य, कर्साङ् तामाङ्, राम थापा, सुनिता श्रीष मगर (महिला), अजय राना (विद्यार्थी) लाई मनोनित गरिएको छ ।


प्रकाशित | १ माघ २०७८, शनिबार १८:०७