सियाटलमा ब्रेनगेन कार्यक्रम हुँदै, कार्यक्रममा शेष घले पनि सहभागि हुने

न्यूर्योक – अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा  ब्रेनगेन कार्यक्रम हुने भएको छ । पहिलो पटक आयोजना गर्न लागिएको ब्रेनग्रेन कार्यक्रम गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलका लागि नेपाल सरकारका महावाणिज्यदूत एसी शेर्पाको अवधारणमा हुन लागेको हो ।

कार्यक्रम यही अगस्ट ७ तारिख अमेरिकाको प्यासिफिक समय साँझ ५ बजे र नेपाली समयअनुसार ८ तारिख आइतबार बिहान ५ बजेर ४५ मिनेटमा शूरु हुनेछ ।

महावाणिज्यदूत शेर्पाका अनुसार कार्यक्रममा अमेरिकाका सिटी मेयर, नेपाली मुलका र अमेरिकन मुलका थुप्रै इण्टर्प्रेनरहरु समेत उपस्थित रहनेछन् ।   ब्रेन गेन नेपाल कार्यक्रम मुख्य पाँच मुल मन्त्रलाई आधार मानेर आयोजना गर्न लागिएको हो । कार्यक्रममा जुम र फिजिकल दुवै किसिमले सहभागि हुन सकिनेछ ।

विशेष गरि विदेशी ज्ञान, सीप र प्रविधि स्वदेशमा भित्याउन र नेपालको पर्यटन तथा व्यापारलाई प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको शेर्पाले बताउनु भयो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडासहित एनआरएनएका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले, परराष्ट मन्त्रालयका सहसचीव भरत कुमार रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख धनंजय रेग्मी, एनआरएनएका अध्यक्ष कुमार पन्त, विज्ञ नवीन खनाल, वासिङ्गटन यूनिर्भसिटीमा अध्ययरत डा आर्य राजौरी, मिस युनिभर्स नेपालकी डाईरेक्टर नग्मा श्रेष्ठ, वकील तथा एनडब्लूजिएनकी प्रेसिडेन्ट अविमा उप्रेत्ति लगायत ब्यवसायी तथा विभिन्न बौद्धिक ब्यक्तित्वहरुको पनि सहभागिता रहनेछ ।

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ब्रेन गेन कार्यक्रम नेपालको आर्थिक सम्मृद्धिमा कोशेढुंगा शावित हुने विश्वास गरिएको छ ।

त्यस्तै, सोही अवसरमा अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा घुम्ती कन्सुलर सेवा शिविरको समेत आयोजना हुँदैछ। नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटन र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा शिवीर हुन लागेको हो ।

महावाणिज्यदूत एसी शेर्पाका अनुसार दुई दिनसम्म चल्ने सो शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा प्रवाह गरिनेछ ।

अफिसबाट नियमित रुपमा कन्सुलर सेवा प्रदान गरिने भएता पनि केहि थप सेवा सहित विशेष घुम्ती सेवा संचालन गर्न लागिएको महावाणिज्यदूत शेर्पाले बताउनु भयो । कतिपय सेवाहरु वासिङ्गटन डिसीबाट मात्र प्रदान गरिनेमा यो पटक राजदूत डा युवाराज खतिवडा स्वयं उपस्थित रहनुहुने भएकोले सबैजसो सेवा घुम्ती सेवामा प्रदान गरिने उहाँले बताउनु भयो ।

कोरोनाका कारण ट्राभल गर्नबाट बन्चित भएका र अन्य कारणले रोकिएका सरकारी काम सोही शिविरबाट हजारौ नेपाली तथा अमेरिकी नागरिकहरु लाभान्वित हुनेछन् ।


प्रकाशित | २२ श्रावण २०७८, शुक्रबार १७:४९