एनआरएनएलाई विभाजनबाट बचाउँन परराष्ट्र र अदालतबाट होइन, संस्थाभित्रै भावनात्मक रुपमा मिल्नुपर्छ : महेश श्रेष्ठ

काठमाडौं – गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले संस्थालाई विभाजनबाट जोगाउन सबैलाई मिलाएर जानुको विकल्प नभएको बताउनु भएको छ । एनआरएनएमा विवाद मिलाउन मध्यस्थकर्ताको भूमीका निर्वाह गरिरहनु भएको श्रेष्ठले विश्व सन्देशसँगको कुराकानीमा अहिलेको विवाद प्राविधिक रुपमा नभई भावानात्मक रुपमा मिलाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिलेको विवाद नत परराष्ट्रको निर्देशनले समाधान हुन्छ नत अदालतको फैसलाबाट हुन्छ, मुख्य कुरा सबैलाई मान्य हुने गरि सहमती गर्नुपर्छ र भावनात्मक रुपमा मन मिल्नैपर्छ ।’ एनआरएनएमा दुवै पक्ष वार्तामा बसेर विवादरहित संस्था निर्माणमा लाग्नुपर्ने खाँचो रहेको उहाँले औल्याउनु भयो ।

‘संस्थामा भइरहेको अती धुव्रीकरण रोक्न कि मिलेर अगाडि बढ्नुपर्यो नभए वैधानीक हिसावले चल्नुपर्छ’, उहाँले भन्नुभयो । अहिले कसैले कसैको अस्तित्व स्वीकार्न नसक्ने अवस्था सिर्जना भइरहेको बताउँदै कोषाध्यक्ष श्रेष्ठले आपसी सहमति, सहकार्य र वार्ताबाटै समाधान निकाल्नुपर्नेमा जोड दिनु भयो ।

संस्था चरम संकट र अप्ठ्यारो स्थितिमा गुज्रिएकाले सबैलाई ध्रैर्य भएर संस्था बचाउने अभियानमा लागिपर्न समेत श्रेष्ठले आह्वान गर्नु भयो ।

 


प्रकाशित | १२ मंसिर २०७८, आईतवार ०८:५६