त्रिशुली बस दुर्घटना अपडेट:  एकै परिवारका तीनको मृत्यु, १६ को उद्धार, २० जना अझै बेपत्ता

काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशूली नदिमा यात्रुबाहक बस खसेको छ । त्रिशुूलीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । साथै १६ जनाको भने सकुशल उद्दार गरिएको छ । अन्य २० जनाभन्दा बढी अझैं बेपत्ता रहेको प्रहीले जनाएको छ । मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार रहेका छन्। उनीहरू एकै परिवारका भएको बुझीएको छ ।

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको थियो। प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बसमा ३८ यात्रीले चलान काटेको देखिएको उहाँले बताउन्भयो । अहिले नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरी उपरीक्षक बैदवारले जानकारी गराउनुभयो ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार ०९:४६