शेयर बजारमा उत्तरचढाव: कारोबारमा सिभिल बैङ्क र मेगा बैङ्क अग्रस्थानमा

काठमाडौं: शेयर बजारमा उत्तरचढाव देखिएको छ । शेयर बजारमा केहि दिन बढ्ने त केहि दिन घट्ने क्रम जारी रहेको हो । बुधबार बजार ३.६८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २९७ अङ्कमा आइपुगेको छ भने ५० करोड ७९ लाख ३४ हजार रुपैयाँबराबरको १९ लाख ७ हजार ७८३ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सिभिल बैङ्क र मेगा बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको प्रतिकित्ता १५२ रुपैयाँमा ५ करोड ५३ लाख २० हजार रुपैयाँबराबरकोे सेयर किनबेच भएको छ । यस्तै मेगाको पनि प्रतिकित्ता १९५ रुपैयाँमा ४ करोड ९६ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । व्यापार तथा उत्पादन कम्पनीको सेयर मूल्य बढेको छ भने बैङ्क तथा वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त र बिमाको सेयर मूल्यमा गिरावट आएको छ । बजार घटेका बेला हिमालयन डिस्टिलरी लिमिटेड र नबिल इक्विटी फन्डका लगानीकर्ताले कमाएका छन् ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १६:२६