रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा

काठमाडौं – रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गर्नुभएको छ । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गर्नुभएको हो ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । उहाँले तत्काल कुनै पार्टीमा नजाने बताउनु भएको छ । आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी पनि उहाँले दिनुभएको छ ।

‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु,’ दर्शनाको बिज्ञप्तीमा भनिएको छ ।


प्रकाशित | ८ पुष २०७८, बिहीबार १२:०९