डोलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक : मेयर थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा शनिबार विभिन्न कार्यक्रममा सहभागि बन्नु भएको छ । शिवरात्रीको महान पर्वको अवसरमा कोदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनसँगै अन्य विभिन्न कार्यक्रममा सहभागि बन्नु भएको हो ।

This image has an empty alt attribute; its file name is meyar.jpg

शिवरात्रीको अवसर पारेर सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोल खड्का गाउँ स्थित निर्माण सम्पन्न दिर्घेश्वर महादेव पाटीको उद्घाटन गर्नुका साथै बाल शिक्षा सदन स्कुलमा सरस्वतीको मूर्ति अनावरण गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is udhaghatan-1024x577.jpg

सो अवसरमा स्थानीय संघ संस्था तथा स्थानीयबासीन्दासँग छलफल समेत गर्नुभयो । मेयर थापाले शिवरात्री पर्व परापूर्वकालदेखि नै मानीआएको साँस्कृतिक पर्व भएकाले यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 327922766_948969082771511_8167851344155404375_n-1024x633.jpg

स्थानीयबासीसँगको छलफलको क्रममा मेयर थापाले जनतालाई परेका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुहुँदै अधुरा र दिगो विकासका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

आफू दोस्रो कार्यकालमा निर्वाचीत भएर आएपछि अधुरा कामहरु पूरा गर्न लागिपरेको बताउनुहुँदै सबैको तर्फबाट आ-आफनो ठाउँबाट समन्वयकारी भूमीका खेल्नुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is murthi-1024x741.jpg

त्यस्तै, डोलेश्वरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मेयर थापाले डोलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।


प्रकाशित | ६ फाल्गुन २०७९, शनिबार २०:०५