गोली लागेका विप्लव कार्यकर्ताको ज्यान गयो

भोजपुर: भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा प्रहरीको गोली लागेका ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ । गस्तीमा रहेको सुरक्षाकर्मीमाथि नेकपा विप्लवका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा गोली लागेर घाइते भएका घिमिरेको ज्यान गएको जनाइएको छ ।  प्रहरीको गोली लागि सोमबार भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते थिए । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि मंगलबार नै धरान लगिएकोमा मृत्यु भएको हो ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०९:३४