अल्पमतमा परेपछि बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा पर्नु भएका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राख्नु भएको हो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा पर्नु भएका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उहाँले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गर्नु भएको हो ।


प्रकाशित | ५ पुष २०७७, आईतवार ०९:०६