कागेश्वरीमा मापदण्ड अनुसार नचल्ने बालगृहलाई नियमन गरि कारवाही गछौ: मेयर कार्की (भिडियो)

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरभित्र सञ्चालीत बालगृहहरुलाई ब्यवस्थित बनाएर लग्ने बताउनु भएको छ । बालगृह सञ्चालक तथा ब्यवस्थापकहरुका लागि कानूनी ब्यवस्था सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा बोल्नुहुँदै मेयर कार्कीले नगरसभाबाट पारित भएको कार्याविधीमा रहेर बालगृहलाई ब्यवस्थित बनाएर लागिने बताउनुभभएको हो ।

This image has an empty alt attribute; its file name is karki-1024x650.jpg

मेयर कार्कीले राम्रो काम गर्ने बालगृहलाई दिल खोलेर स्वागत गर्ने र गलत गर्नेलाई कारवाही गर्न पनि पछि नहट्ने बताउनुभयो । कगेश्वरी मनोहरालाई बालमैत्री, बालश्रममुक्त र बाल अधिकार सुनीश्चित भएको नगरपालिका बनाउने लक्ष्य रहेको जानकारी गराउनुहुँदै मेयर कार्कीले यो अभियानमा सहयोग गर्न आह्वान गर्नुभयो ।

This image has an empty alt attribute; its file name is partipant-1024x617.jpg

आफूले जानकारी पाएअनुसार नगरपालिकाभित्र सर्वोत्कृष्ठ ढंगले सुब्यवस्थित रुपमा बालअधिकारको पक्षमा काम गरेका, समस्या भएको तर सुधारोन्मूख र अर्को समस्याग्रस्त बालगृह रहेको बताउँदै मेयर कार्कीले तीन प्रकारका संस्थालाई नियमन गरि राम्रालाई थप प्रोत्साहित गर्दै जाने, सुधार गर्न चाहानेलाई मौका दिने र बालगृहको नाममा गलत काम गर्ने संस्थाहरुलाई निगरानी गरेर कडा कारवाहीमा उर्तीने चेतावनी दिनुभयो ।

कागेश्वरी मनोहरा क्षेत्रमा कम्तिमा समस्याग्रस्त बालगृह नहोस् भन्ने आफ्नो चाहना रहेको बताउनुहुँदै मेयर कार्कीले बालगृह संचालकलाई प्रशंसासँगै केहि आरोपहरु पनि रहेकाले त्यसतर्फ सजग रहन आग्रह गर्नुभयो ।

भिडियोमा हेर्नुहोस बालगृह सञ्चालकहरुलाई मेयर कार्कीले दिनु भएको सुझावसहितको निर्देशन


प्रकाशित | ६ फाल्गुन २०७९, शनिबार १५:२८