प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका छन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओली गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुग्नुभएको छ ।

उहाँले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुग्नुभएको हो । बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेट गरेका छन ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १६:२४