मेयर कार्कीको पहलपछि मूलपानी-पिपलबोट-ब्रम्हखेल सडकको अलपत्र निर्माण कार्य छिटो सम्पन्न गर्ने सहमति

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलपछि मूलपानी- पिपलबोट-ब्रम्हखेल सडक खन्ड अन्तर्गत अलपत्र सडकको निर्माण कार्य छिटो सम्पन्न गर्ने सहमति भएको छ ।

मेयर कार्कीको नेतृत्वमा स्थानीय सरोकारसहितको टोलीले डिभिजन सडक कार्यलय डेलिगेसन गई निर्माण कार्य छिटो सम्पन्न गर्न दबाब दिएको थियो ।

कागेशवरी मनोहरा नगरपालिका ६ को केहि ठाउँ, ४ र ५ वडा खण्डको वर्षौसम्म पनि सडक अलपत्र छ । मेयर कार्कीले डिभिजन सडक कार्यालयका प्रमुख नारायण निहुरेलाई तत्काल अलपत्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

छलफलपश्चात डिभीजन सडक कार्यालय प्रमुख निहुरेले निर्माण सम्पन्न हुन बाँकि सडक खण्ड हिउँद महिनाभित्रै सम्पन्न गराउन कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

छलफलपछि यही फागुन ११ गते निर्माण ठेकेदार जे.भीसहित तीनै पक्षीय बैठक बोलाई काम शूरु गर्ने निर्णय समेत गरिएको छ ।


प्रकाशित | ६ फाल्गुन २०७९, शनिबार १४:२४