एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा सन्तोष कुमार भट्टराईको ९ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

बर्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले उम्मेदवारी घोषणा गर्नु भएको छ । भट्टराईले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । अघिल्लो सन् २०१९-२०२१ कार्यकालमा पनि सोही पदको प्रत्यासी रहनु भएको भट्टराई झिनो मतले पछाडि पर्नु भएको थियो ।

‘अग्रज, अभियन्ताहरुको सरसल्लाह तथा आग्रहमा अघिल्लो कार्यकालमा अधुरो रहेको मेरो नेतृत्वको यात्रालाई पूरा गर्नका लागि सबै खाले विसंगतिहरू संग लड्ने सोच सहित एक पटक तपाईहरूको सामु विश्वासको कसीमा रेटिने निर्णयमा पुगेको छु’, भट्टराईले उम्मेदवारी घोषणा गर्दै भन्नु भएको छ ।

सन् २००५ देखि एनआरएनएको सदस्य हुँदै संघमा सक्रिय रहँदै आउनु भएको भट्टराई पदिय जिम्मेवारीका हिसाबले २०११ देखि आबद्ध हुनुहुन्छ । उहाँले यस बीचमा थुप्रै टाक्सफोर्स र ज़िम्मेवारीहरूमा रहेर काम गरिसक्नु भएको छ ।

संघमा समय समयमा देखिने बिसंगतीहरू, एनसिसीहरूमा रहेका असमानताहरू, निर्वाचनमा रहेका विविधताहरू, सदस्यताका समस्या, नागरिकताको सवाल, जिम्मेवारीहरूको अनुचित प्रयोग लगायतका विषयहरूमा उहाँले फरक धारणा राख्दै आउनु भएको छ ।

‘परिणाम हेरेर जसरी भएपनि गन्तब्यमा पुग्नु भन्दापनि विधी र पद्धतिसंग चलेर गन्तब्य प्राप्तिको यात्रालाई स्विकार्ने मेरो मान्यता छ’, उहाँले भन्नु भयो, ‘सबै समस्याहरूको समाधान यसपटक गर्नेछु वा सबै सम्मभावनाहरूको पुर्ण सदुपयोग यसै पटक हुनेछ भनेर म भन्दिन तर त्यस तर्फको पहिलो पाईलाको रूपमा प्राप्त हुने जिम्मेवारीलाई ईमान्दारीताका साथ पारदर्शि रूपमा अघि बढाउने बाँचा गर्दछु।’

भट्टराईका यस्ता छन् प्रतिबद्धताहरु

. सबै राष्ट्रीय र क्षेत्रीय परिषदहरूलाई दर्ता प्रकृयामा प्रोत्साहित गरेर ततपश्चात देशबाट अनुदान प्राप्त गर्न अभिप्रेरित गर्ने।

२. यूरोप स्तरीय अक्षयकोष खड़ा गर्ने र त्यसको ५० प्रतिशत नेपालमा सामाजिक कार्यमा र ५० प्रतिशत आफ्नै क्षेत्रमा ख़र्च गर्ने।

३. यूरोप क्षेत्रीय ब्यवसायिक मञ्च गठन गर्ने।

. दोश्रो पुस्तालाई नेपाल संग जोड्न छुट्टै नियमित कार्यक्रम गर्ने।

. विज्ञ फ़ोरम मार्फत नियमित सुचना र ज्ञानको प्रवाह गर्ने।

६. सम्भावना भएका देशहरूमा भाषा, संस्कृति प्रवर्धन र अनलाईन कक्षा संचालन गर्न सहयोग गर्ने।

७. पर्यटन र नेपाली उत्पादकों प्रबर्द्धन गर्न कार्यदल बनाएर काम गर्ने।

. यूरोप क्षेत्रमा ग़ैरआवाशिय नेपाली संघमा रहेर काम गर्न चाहाने प्रत्येक सदस्यहरूलाई आवश्यकता र दक्षताको आधारमा अनिवार्यरूपले ज़िम्मेवारी दिईने छ।

. यूरोप क्षेत्रमा रहेका सबै ब्यवसायिक तथा सामाजिक संघ संस्थाहरू संग सहकार्यगरेर अघि बढ्नेछु।


प्रकाशित | २ आश्विन २०७८, शनिबार १२:१६