यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७५ पैसा र विक्रीदर १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८८ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार ११:२०