आज सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो त ?

काठमाडौं । आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।  यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 


प्रकाशित | २१ पुष २०७८, बुधबार १२:४८