आइसीसी भोकेशनल एजुकेशन कमिटीको यूरोप को–चिअरमा रोजीना प्रधान राई मनोनित

काठमाडौं : गैर आवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को यूरोप को–चिअरमारोजीना प्रधान राई मनोनित हुनु भएको छ ।

च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा बेलायतकी महिला उद्यमी समेत रहनु भएको रोजीना यूरोप को–चिअरमा मनोनीत हुनु भएको हो । एनआरएनए उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित कमिटीमा रोजिनाले सो जिम्मेवारी पाउनु भएको हो ।

एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध रोजिना एनआरएनए यूके पूर्व उपाध्यक्ष हुनुहुन्छ । साथै गत वर्ष एनआरएनए यूके अध्यक्षको प्रत्यासी समेत हुनुहुन्थ्यो ।


प्रकाशित | ३ आश्विन २०७९, सोमबार १६:२३