एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं –नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले संसदमा टेबल भएको अमेरिकी सहयोग एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले संसदमा पेस भएको एमसीसीको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्न निर्णय भएको जानकारी दिनु भयो । साथै बैठकले अन्य पार्टीहरूलाई पनि एमसिसीको विपक्षमा मतदान गर्न वातावरण सिर्जना गर्ने निर्णय भएको खवितडाले बताउनुभयो ।

प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यक्ता भएको बताउँदै सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने बताउनुभयो ।

‘हामी संसदमा दर्ता भएको एमसीसीको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ’, प्रवक्ता खतिवडाले भन्नुभयो ।


प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार १७:५०