एनआरएनए विवाद तत्काल समाधान गर्न परराष्ट्र मन्त्री पौडेलको आग्रह

काठमाडौं: परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको छ । मन्त्री पौडेलले विदेशमा बस्ने गैर आवासीय नेपालीभित्रको विवादले राम्रो सन्देश नगएको बताउँदै विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको हो । 

परराष्ट्र मन्त्री डा. बिमला राई पौडेललाई ज्ञापन पत्र बुझाउँदै विनोद कुँवर नेतृत्वको एनआरएनए टोली ।

This image has an empty alt attribute; its file name is nrn-team-with-foreign-minister-1024x659.jpg

विनोद कुँवर नेतृत्वको एनआरएनएको टोलीको ज्ञापनपत्र बुझदै मन्त्री पौडेलले एनआरएनएका मुद्धाहरुका विषयमा आफू जानकार रहेको तर एनआरएनएको विवाद भने तत्काल टुग्याउन आग्रह गर्नुभयो ।

‘पहिला संस्थाभित्र देखिएका विवादलाई मिलाएर आउनूस’, मन्त्री पौडेलले भन्नुभयो, ‘एनआरएनएभित्र विवाद जारी राखिराख्ने हो र आफ्ना समस्या समाधान नगर्ने हो भने एनआरएनएको औचीत्यतामाथि नै प्रश्न गर्नु पर्ने अवस्था आयो ।’

This image has an empty alt attribute; its file name is nrn-team-with-lingdel-1024x608.jpg

परराष्ट्रमन्त्री पौडेलले एनआरएनएले उठाउँदै आएको नेपाली नागरिकता निरन्तरताको विषयलाई आफुले पनि प्राथमिकतामा राखेर पहल र लविङ्ग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ज्ञापनपत्रमा कुँवर नेतृत्वले आफूहरु विधी विधानसम्मत निर्वाचीत भएको भन्दै आफूहरुनै वैधानीक भएकाले मन्त्रालयले आधिकारिता दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै, कुँवर नेतृत्वको एनआरएनए प्रतिनिधिमण्डलले उपप्रधान, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई पनि छुट्टाछुट्टै भेट गरी एनआरएनएका मागबारे ध्यानाकर्षण गराएको छ ।

This image has an empty alt attribute; its file name is kanun-mantry-with-nrn-team-1024x565.jpg

भेटमा मन्त्रीद्धय लिङ्देन र प्रधानले नागरिकता विधेयक छिटो ल्याएर एनआरएन नागरिकताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


प्रकाशित | ३ फाल्गुन २०७९, बुधबार २१:१४