कोरोनाबारे गलत सूचना दिने र अफवाह फैलाउनेमाथि प्रहरी निगरानी

काठमाडौं : सामाजीक सञ्जालमा कोरोना भाइरस बारेमा गलत सूचना दिने र अफवाह फैलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ । केही फेसबुक पेज र फेसबुक गुप्रमा समेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै ढंगले भ्रामक सूचनामाथि निगरानी गरेर अनुसन्धान थालेको हो ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २ मा ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधानले झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरेको छ।

परिच्छेदमा भनिएको छ, ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन।’


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १७:३९