पेस्तोलसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं: अमेरिकाबाट नेपाल आएका एक जना हतियारसहित विमानस्थलबाट पक्राउ परेका छन् । अमेरिकाबाट नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाह पेस्तोलसहित पक्राउ परेका हुन् । कतार एयरलाइन्सको उडानद्वारा दोहा हुँदै नेपाल भित्रने क्रममा शाहलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । शाहलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिसासतमा राखिएको छ । शाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ०९:००