जनप्रतिनिधिसँग राष्ट्रपतिको छलफल, मेयर बासुदेव थापाद्धारा सूर्यविनायकको विकास बारे जानकारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाका जनप्रतिनिधिसँग अन्तरक्रिर्या गर्नु भएको छ । उपत्यकाका तिनै जिल्ला काठ्माडौ ललितपुर र भक्तपुरका महानगरपालिका तथा नगर पालिकाका नगरप्रमुख, उपप्रमुखहरुसँग राष्ट्रपति भण्डारीले अन्तरक्रिर्या गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is 2-3-1024x683.jpg

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरुसँग आफ्नो नगरपालिकाको विकास, जनतालाई सेवा प्रवाह र शुसाशन सम्बन्धी समसामयिक विषयमा छलफल गर्नु भएको थियो ।  सो अवसरमा सम्बोधन गर्नुहुँदै सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरपालिकाले विकास निर्माणमा फड्को मारेको बताउनुभयो ।

आफ्नो पहिलो कार्यकालमा नमूना र उदाहरणीय कार्य भएको र दोस्रो कार्यकालमा निर्वाचीत भएर आएपछि अधुरा योजना पूरा गर्न लागिपरेको लगायत समग्र नगरपालिकाले गरिरहेका गतिविधि बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा मेयर थापासँगै उपमेयर सरिता भट्राई तिमिल्सिना पनि सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २६ माघ २०७९, बिहीबार १९:०५