असारमै सकियो साढे २ खर्ब

काठमाडौं : विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व संकलनले कम भयो ।

मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैँया भएको छ । खर्च भएको बजेटको करिब २४ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैया असारमै सकिएको छ ।

विकासतर्फको कुल पुँजीगत खर्चमध्ये ३५ प्रतिशत असारमै सकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस वर्ष २ खर्ब ३० अब ४६ करोड पुँजीगत खर्चमध्ये करिब ७९ अर्ब रुपैयाँ असरमा सकिएको हो ।

‘यो खर्च असार ३१ गते ४ बजेसम्मको मात्रै हो’, महालेखा नियन्त्रकको कार्यालयका एक अधिकारीले भने ‘धेरै चेक अन्तिम समयमा काटिएका छन् । एक महिनासम्म खर्चको विवरण आइरहन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।


प्रकाशित | १ श्रावण २०७६, बुधबार ०८:१४