कागेश्वरी मनोहराबासीलाई अब निशुल्क रगत उपलब्ध गराइने, नगरपालिका र रेड्क्रसबीच सम्झौता

काठमाडौं : अब कागेश्वरी मनोहरा नगरबासीलाई निशुल्क रगत उपलब्ध गराइने भएको छ । कागेश्वर मनोहरा नगरपालिका र नेपाल रेड्क्रस सोसाइटीबीच नगरबासीलाई निशुल्क रगतको पोका उपलब्ध गराइने सम्झौता भएको हो ।

This image has an empty alt attribute; its file name is 11-1-1024x768.jpg

नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलमा आज एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी केन्द्र, भक्तपुर, काठमाण्डौ शाखा र कागेश्वरी नगरपालिका बिच सम्झौता भएको हो ।

This image has an empty alt attribute; its file name is manoj-nd-upendra.jpg

सम्झौता भएसँगै नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगर उपशाखाको समन्वयमा नगरपालिका भित्र बसोबास गर्ने सबैको लागी रक्तसंकलन गर्दा लागेको शुल्क समेत कोही कसैले तिर्नु नपर्ने गरी निशुल्क रुपमा रगत उपलब्ध गराइने मेयर कार्कीले बताउनुभयो ।


प्रकाशित | २६ माघ २०७९, बिहीबार १७:४९