गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त कोरोनामुक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्त कोरोना मुक्त हुनुभएको छ । अध्यक्ष पन्तले करिव दस दिनको अन्तरालमा उपचारपछि कोरोनालाई जित्नुभएको हो ।

पन्तले पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताउँदै यसबीचमा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी अस्पताल परिवारका साथै स्वास्थ्यप्रति चासो एवं शुभेच्छा प्रकट गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

साथै पन्तले देशको स्वास्थ्य प्रणालीले नै नधान्ने गरी महामारीले विकराल रुप लिइरहेको यस कष्टपूर्ण घडीमा हर तवरले सहयोग गर्न प्रयास जारी राखिने बताउनुभयो ।


प्रकाशित | २८ बैशाख २०७८, मंगलवार ११:५४