सूर्यविनायकमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु, मेयर थापाद्धारा उद्घाटन

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजनामा तीन दिने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित प्रतियोगिताको उद्घाटन मेयर बासुदेव थापाले गर्नुभयो । मेयर थापाले राष्ट्रिय झण्डातोलन गर्दै प्रतियोगीताको उद्घाटन गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is rastrapati-runing-pic-1024x521.jpg

सो अवसरमा सम्बोधन गर्नुहुँदै मेयर थापाले राष्ट्र चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमीका हुने बताउनुभयो । ‘समृद्ध नेपाल, खुसी नेपाली’ बनाउने अभियानलाई सार्थकत तुल्याउन खेलकुद क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको मेयर थापाले बताउनुभयो ।

खेलाडीहरुलाई अनुशासीत भएर खेलमा सहभागि हुन आग्रह गर्नुहुँदै मेयर थापाले भन्नुभयो, ‘खेलको पनि एउटा नियम हुन्छ । तीन दिनको खेललाई ब्यवस्थित ढंगले खेलाउनुहुनेछ र खेल्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

This image has an empty alt attribute; its file name is 11-1024x485.jpg

खेललाई ब्यवस्थित गर्न नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने बताउनुहुँदै मेयर थापाले प्रतियोगितामा २४ वटा विद्यालयका ५ सय भन्दा बढी भाई बहिनीहले खेल खेल्ने जानकारी गराउनुभयो ।

This image has an empty alt attribute; its file name is 2-2-1024x484.jpg

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो । कार्यक्रम आजबाट तीन दिनसम्म चल्नेछ । प्रतियोगीतामा प्रथम, द्धीतीय र तृतीयका साथै सान्त्वनाको लागि समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।


प्रकाशित | २६ माघ २०७९, बिहीबार १६:४५