शताब्दी पुरुष सत्यमोहनलाई सम्मान: बग्गीमा राखेर नगर परिक्रमा गराइयो

काठमाडौं : एक सय औं जन्मोत्सववको अवसरमा शताव्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गरि सम्मान गरिएको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोशीलाई सम्मान गरिएको हो ।

जोशीलाई नगरपरिक्रमा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । बग्गीमा सवारी गराउनका लागि जोशीलाई लिन मेयर चिरीबाबु महर्जन उहाँकै घरमै पुग्नुभएको थियो ।  संस्कृतिविद् जोशीको जन्म विक्रम सम्वत १९७७ वैशाख ३० गते ललितपुरको बखुँबहालमा भएको हो । जोशीले तीन पटक मदन पुरस्कार पाइसक्नु भएको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार २०:०६