विभाजित नेकपालाई आधिकारिक नमान्ने निर्वाचन आयोगको निर्णय !

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ।विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हुँदा साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको आयोगले जानकारी दिएको छ ।

आयोगको पदाधिकारी बैठकले ओली र दाहाल–नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो । दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको छ ।


प्रकाशित | १२ माघ २०७७, सोमबार ०८:४९