चाँगुनारायणले विपन्न,असहाय, अशक्त र हिंसा प्रभावीतलाई निःशूल्क कानूनी सहायताको ब्यवस्था मिलाउने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामाजिक, आर्थिक रुपमा पिछडिएका एवं असहाय, अशक्त र हिंसा प्रभावीत ब्यक्तीहरुका लागि निःशूल्क कानूनी सहायताको ब्यवस्था मिलाउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो ।

सडक आश्रित, बेवारिसे ब्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन एवं पुनस्थापनाको लागि आवश्यक ब्यवस्था मिलाउने, महिलाको हक अधिकार लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै, उपप्रमुखसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत महिला लक्षित कार्यक्रमबाट तालिम प्राप्त गरी ब्यवसायमा सम्बद्ध महिला उद्यमीहरुलाई प्राविधिक सहयोग र वस्तुगत टेवा उपलब्ध गराउन कार्यक्रम सञ्चालन गर्ने, लैगिक हिंसा नियन्त्रण तथा महिला पुरुष समविकासका लागि कार्यक्रम सञ्चालन गर्ने, एक महिलाहरुको सामाजिक संरक्षण, सशक्तिकरण र क्षमता विकासका लागि आवश्य कार्यक्रम गर्ने भएको छ ।


प्रकाशित | १ श्रावण २०८०, सोमबार २१:४४