शिक्षाप्रेमी कर्मा शेर्पा शिक्षा विकास तथा समन्वय समिति सोलुखुम्बुको सदस्यमा मनोनित

काठमाडौँ -शिक्षाप्रेमी कर्मा शेर्पा शिक्षा विकास तथा समन्वय समिति सोलुखुम्बुको सदस्यमा मनोनित हुनुभएको छ ।

बिहीवार जिसस प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा बसेको शिक्षा विकास तथा समन्वय समितिको बैठकले शेर्पालाई शिक्षा बिकास तथा समन्वय समितिको सदस्यमा मनोनित गरेको हो ।

सोलुखुम्बुका विभिन्न स्थानका गरिब तथा विपन्न परिवारका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आउनु भएको शेर्पा नेपाली कांग्रेस सोलुखुम्बु ‘ख’ को सभापती पनि हुनुहुन्छ ।

समाजसेवी शेर्पाले सोलुखुम्बु जिल्लाको पिछडिएको क्षेत्रका गरिब ,टुहुरा, असहाय तथा अनाथ बालबालिकाहरुलाई विद्यालयको सम्पूर्ण शुल्क, पाठ्यपुस्तक, कापी कलम तथा ड्रेसको पनि बन्दोबस्तको साथै जिल्लाभरीका गरिब तथा असहाय बच्चाहरु पढाउनका लागि खाना बस्न सहित सम्पूर्ण खर्च आफैले व्यवस्थापन गर्ने गरी जिल्लाको सदरमुकाम नजिक थातेङमा सुविधा सम्पन्न छात्रावास निर्माण गरी सेवा प्रदान गर्दै आउनु भएकोे छ ।


प्रकाशित | १९ माघ २०७९, बिहीबार २२:१२