मन्त्रिपरिषद् बैठक आज ३ बजेका लागि बोलाइयो

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भयो ।

आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो ।


प्रकाशित | ११ श्रावण २०७८, सोमबार १२:३४