मेयर कार्कीको पहलमा कागेश्वरी नगरबासीको घरघरमा शुद्ध खानेपानी पु¥याउने परियोजना अगाडि बढाइयो

थप ११ सय घरधुरीलाई पानी वितरण गर्ने योजना

काठमाडौं :  कागेश्वरी नगरबासीको  घरघरमा शुद्ध खानेपानी खुवाउने परियोजना अगाडि बढाइएको छ । नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा नगरबासीको घरघरमा शुद्ध खानेपानी खुवाउने परियोजना अगाडि बढाइएको हो ।

सोही परियोजनाका लागि नगर बिकास कोष ऋण सम्झौता समेत सम्पन्न भएको छ । कागेश्वरी नगरका जनताहरुलाई घरघरमा २४ सौ घन्टा ब्यवस्थित र शुद्ध खानेपानी खुवाउने उद्देश्यले ऋण सम्झौता गरिएको हो ।

कागेश्वरी नगरका थप ११ सय घरधुरी र पुराना २ हजार ६२५ घरधूरीलाई २४ सौं घन्टा खानेपानी पुर्याउने उद्देश्यले १४ करोड बरावर ऋण सम्झौता गरिएको हो । ऋण २५ वर्षभित्र तिर्नुपर्नेछ ।

नगर प्रमुख उपेन्द्र कार्कीले ‘नगरबासीलाई शुद्ध खानेपानी खुवाऔं’ भन्ने अभियान जारी रहेको बताउनुभयो । अबको पचीस वर्ष पछाडिको नगरको जनसंख्यालाई ध्यानमा रखी पानी खुवाउने गरि दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न यो परियोजना संचालन गरिएको मेयर कार्कीले बताउनुभयो ।

परियोजनाले अब विकासमा दोहोरोपन खर्चलाई न्यूनीकरण गर्ने र स्थानीयको स्वमीत्व हुने गरि संचालन गरिएको मेयर कार्कीले बताउनुभयो ।

‘परियोजनामा सरकारले ७० प्रतिशत र बाँकि उपभोक्ता समितिले ब्यहोर्ने गरि अगाडि बढाइएको हो’, मेयर कार्कीले भन्नुभयो, ‘यसो गर्दा स्थानीयलाई अपनत्व महसुस होस् र दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न सकियोस भन्ने हो ।’

मेयर कार्कीले खानेपानीको ऋण वापतको वार्षिक १ करोड ४५ लाख भुक्तानी गर्नुपर्ने बताउँदै उपभोक्ताले नियमीत रुपमा खानेपानी दस्तुर तीर्ने हुनाले ऋण तीर्न सहज हुने बताउनुभयो ।

मेयर कार्कीले भन्नुभयो, ‘नगरमा अहिले नै खानेपानी पुर्याउन ८ देखि १० करोड खर्च गर्ने उद्देश्यमा हामी बढिरहेका छौ । सस्तो ब्याजरमा ऋण लिएर खानेपानी परियोजना संचालन गर्नु यो नै उत्कृष्ठ मोडल हो । ऋण लियौ भनेर कसैले पनि नाक घुम्च्याउनुपर्ने अवस्था छैन ।’

विकास साझेदार संस्थाले विकास निर्माणको लागि ऋण दिएको र उपभोक्ता समितिले दरो खुट्टा टेकेर हिडेको बताउँदै कुनै कारणले तलमाथि भएमा आगामी पाँच वर्षसम्म उपभोक्ता समितिले तीर्न सकेन भने पनि नगरपालिकाले नै ब्याज नियमीत रुपमा तीर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

भोलिको दिनमा पनि यस्तो समस्या नहोस । जनतालाई पानी खुवाउने दायित्व नगरपलिकाको हो, मेयर कार्कीले भन्नुभयो, कोष बढाउनको लागि यस किसिमको सेवा सुविधा बढाउँदै लग्यौ भने जनताले हाँसी खुसी नगरपालिकालाई कर तीर्न आउँछन ।


प्रकाशित | १७ माघ २०७९, मंगलवार १८:३५