कतारबाट स्वदेश फर्किन चाहाने नेपालीहरुले यी नियम अनीवार्य पालना गर्नुपर्ने

काठमाडौँ: कतारस्थित नेपाली राजदूतावासका अनुसार कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको हो ।

त्यस्तै स्वदेश फर्किने व्यक्तिले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च समेत बेहोर्नुपर्ने दूतावासले जनाएका छ । तर सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले केही वा सबै खर्च बेहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले बेहोर्दा हुने दूतावासले जनाएको छ ।

दूतावासले फर्किनुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर, आरडिटी र अन्य परीक्षण) को प्रमाणपत्र समेत साथमा राख्न आग्रह सबैलाई आग्रह गरेको छ ।


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १४:१३