

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई ज्ञापन गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकको वर्तमान अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।
मन्त्री राईले सहकारी बैंकले कृषि उत्पादनमा जोड दिई आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा अगाडी बढाउन गर्न आग्रह गर्नुभयो । उहाँले सहकारीको विकास र प्रवर्द्धनमा योगदान गर्ने गरी आफूले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मी, सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डितको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेती, सञ्चालकहरू रामहरि बजगाईं, अमृता सुब्बा, केदार मानन्धर, पार्वती थापा मगर, मनोज कुमार थापा मगर, ध्रुव राज विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईं सहित उच्च व्यवस्थापनका कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित | १६ माघ २०७९, सोमबार २१:३३