अदालतको विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कांग्रेसले आन्दोलन गर्दैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पार्ने पर्ने गरी कांग्रेसले आन्दोलन नगर्ने बताउनुभएको छ ।

आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनको नाममा अदालतलाई धम्क्याएर वा तर्साएर प्रभावित पार्न नहुने बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले स्वतन्त्र न्यायपालिकामा विश्वास गर्दछ, त्यसैले अदालतमा विचाराधीन मुद्दामा आन्दोनलको नाममा “यसो गर, उसो गर” भन्दै धम्क्याएर तर्साउने काम गर्दैनौँ ।”

सभापति देउवाले सिक्किमलाई भारतले विलय गरेपछि बिपी कोइराला नेपालको हालत चाहिँ के होला भन्दै डराएर राष्ट्रिय मेलमिलापको नीति लिएर आएको बताउनुभयो ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार १९:१५