कालापानी क्षेत्रमा जाने सशस्त्रको टोली प्रस्थान

दार्चुला : सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा आज बिहान सशस्त्र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन् ।

दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टका अनुसार दार्चुलाको कालापानी भन्दा १३ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु दार्चुला सदरमुकाम खलंगामा तयारी अवस्थामा राखिएको छ ।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १०:३३