सूर्यविनायकका मेयर थापाद्धारा कृषकलाई भुसा काटने मेशिन, काउ म्याट र दूधको क्यान हस्तान्तरण

भक्तपुर : सूर्यविनायक नगरपालिकाले पशुपालक कृषकहरुलाई भुसा काटने मेशिन, काउ म्याट र दूधको क्यान हस्तान्तरण गरेको छ । मेयर बासुदेव थापाले नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच पशुपालक कृषकलाई भुसा काटने मेशिन, काउ म्याट र दूधको क्यान हस्तान्तरण गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is suryabinyak2.jpg

नगर प्रमुख थापाले पशुपन्छी बिकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा भुसा काटने (च्याप कटर) मेशिन, काउ म्याट र दुधको क्यान सामग्री हस्तान्तरण गर्नुभएको हो ।

मेयर थापाका अनुसार पशुपालक कृषकलाई हौसल्ला प्रदान गर्ने उद्देश्यले नगरसभाको ११ औ अधिवेशनबाट चालु आर्थिक वर्षको लागि पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा सामाग्री वितरण गर्न बजेट विनीयोजन गरिएको हो ।

This image has an empty alt attribute; its file name is suryabinyak3-945x1024.jpg

नगरपालिकाले १ देखि १० वडाका पशुपालन गर्ने ३३ जना कृषकलाई ब्यक्तीगत तथा सामूहीक रुपमा अनुदान कार्यक्रममा छनौट गरि वितरण गरेको हो ।


प्रकाशित | ११ माघ २०७९, बुधबार १९:३६