सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सकोबुधबार बसेको सञ्चालक समितिको १७१ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ। १२ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १५:४३