विद्यार्थीलाई ज्ञानसँगै राम्रो संस्कार पनि सिकाउनुपर्छ : मेयर बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले विद्यार्थीहरुले भविष्यमा नेतृत्व विकास गरी आफ्नै ठाउँ र देशमा रहेर कार्य गर्नु पर्नेमा जोड दिनु भएको छ ।

मदरल्याण्ड स्कुलले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि मेयर थापाले विद्यार्थीहरुलाई हौसल्ला प्रदान गर्नुहुँदै आफ्नै ठाउँ र देशमा केहि गर्नुपर्छ भन्ने भावनाले अगाडि बढ्न आग्रह गर्नुभयो ।

This image has an empty alt attribute; its file name is basu-1-1024x683.jpg

पछिल्लो सयम विदेश पलायन हुने र उतै हराउने क्रम बढेको भन्दै मेयर थापाले विद्यार्थीहरुले विदेशमा अध्ययनका लागि गए पनि विदेशमा ज्ञान, सिप र प्रविधि सिकेर स्वदेशमै फर्केर केहि गर्छु भन्ने भावना राख्नुपर्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीलाई ज्ञानसँगै राम्रो संस्कार पनि सिकाउनुपर्नेमा जोड दिनुभयो ।

एक दिने अभिमुखीकरण कार्यक्रममा २०७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुलाई प्रमुख अतिथि थापाले मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता वडा ७ का अध्यक्ष रविन्द्र सापकोटा र प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठले बधाई मन्तव्य दिनु भएको थियो

विद्यालय संचालक एवं व्यवस्थापक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्प्रेरक विकास देव योन्जन तामागं, जिल्ला प्रहरी परिसर भक्तपुरका निरिक्षक लोक बहादुर जिसी, विद्यालयका प्रिन्सिपल संजय खड्कालगायतले बोल्नु भएको थियो ।


प्रकाशित | ६ माघ २०७९, शुक्रबार २०:५०