लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । बालुवाटारमा मंगलबार बसेको समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिन सिफारिस गरे पनि कती दिन थप्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो । मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने विडारीको भनाइ छ ।

विडारीका अनुसार बैठकमा अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा बसेको हो ।


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार २०:४९